बलात्कारको आरोपमा रोनाल्डाको डिएनए मागियाे

काठमाण्डु टुडे २०७५ पुष २७ गते ११:३७ मा प्रकाशित

एजेन्सी । २००९ मा बलात्कार आरोप गरेको लागेका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग लसभेगस प्रहरीले उनको डीएनए नमुना माग गरेको छ ।

अमेरिकी पूर्वमोडेल क्याथरिन मायोग्राले सन् २००९ मा लसभेगसको पालम्स होटल एन्ड क्यासिनोको नाइट क्लबमा भेटेपछि रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

हाल रोनाल्डो इटालीको युभेन्टस क्लबबाट फुटबल खेल्दै आएका छन्। युभेन्टस क्लबका वकिलले भने डीएनए माग गरिनु स्वाभाविक प्रक्रिया रहेको बताएका छन् । रोनाल्डोले लसभेगसमा भएको घटना आपसी समझदारीमा भएको पहिल्यै उल्लेख गरेका कारण उनको डीएनए फेला पर्नु अनौठो नहुने र यस विषयमा प्रहरीले नमुना माग्नु स्वाभाविक भएको उनले बताए ।

मायोग्राले लसभेगस प्रहरीमा सन् २००९ मा नै बलात्कारको घटनाका बारेमा उजुरी दिएको अधिकारीहरुले बताएका छन् । तर उक्त समयमा मायोग्राले घटना भएको स्थान वा संदिग्ध व्यक्तिको परिचय नखुलाएको प्रहरीले जनाएको छ ।

यद्यपि, २०१० मा रोनाल्डो र मायोग्राबीच अदालतमार्फत आरोप सार्वजनिक नगर्ने सम्झौता भएको जनाइएको छ । त्यसो गरे बापत रोनाल्डोले मायोग्रालाई ३ लाख ७५ हजार अमेरिकी डलर दिने सम्झौता भएको थियो । तर मायोग्राका वकिलहरूले उनलाई त्यो सम्झौता रद्द गर्न भनेका थिए ।

रोनाल्डका वकिलहरूले विगतमा त्यस्तो सम्झौता गरिएको घटना रोनाल्डोलेले अस्वीकार नगरेको बीबीसी स्पोर्टले उल्लेख गरेको छ । तर त्यो सम्झौता गरे पनि रोनाल्डोले बलात्कारको आरोप स्वीकार नगरेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us