एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना लेभान्तेसँग पराजित भएको छ । घरेलु मैदानमा लेभान्तेलाई जिताउन ईरिक काबाको र ब्रोजा मायोरलले एक एक गोल गरे ।
पहिलो हाफमै २–० को अग्रता बनाएको लेभान्तेले दोस्रो हाफमा भने गोल गर्न सकेन् । खेलको ८५ औँ मिनेटमा पाएको पेनाल्टिको अबसरलाई काउटिन्होले गोल गर्दै खेल २–१ मा पुर्याएका थिए ।
अन्तत: सोही नतिजा निर्णायक बन्यो । खेलमा ६३ प्रतिशत बल पोजिशन आफ्नो पक्षमा पारेको बार्सिलोनाका दर्जन बढी अवसर भने खेर गएका थिए । दोस्रो लेग बार्साको घरेलु मैदान नाउ क्याम्पमा बिहिबार हुनेछ ।
अन्य खेलमा सेभियाले एथ्लेटिको बिल्वाओलाई ३–१ ले पराजित गर्दा रियल बेटिस र सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।