‘कुलो लभ’बारे यसो भन्छिन् नायिका ‘वर्षा राउत’

काठमाण्डु टुडे २०७५ पुष २६ गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २६ पुस – अहिलेकी चर्चित नायिका वर्षा राउतले गाउँमा रहँदाको आफ्नो लभको बारेमा रमाइलो प्रसंग निकालेकी थिइन् ।

आज आयोजित चलचित्र ‘गोपी’को कार्यक्रममा नायिका बर्षा राउतले गाउँमा हुने ‘कुलो लभ’को बारेमा रमाइलो प्रसंग प्रस्तुत गरेकी थिइन् । चलचित्रमा गाइको गोठमा काम गर्ने एक यूवाको प्रेममा परेकी बर्षालाई पत्रकारको प्रश्न थियो, गाउँमा हुँदा कहिले ‘गोठमा लभ’ प्रयो ?

जवाफमा बर्षाले भनिन्, ‘गाइको गोठसम्म त कोही पनि आउन पाएनन् । तर, कुलो लभ भने खुबै भयो । कुलोमा पानी लाउन जाँदा केटाहरुले खुबै जिस्क्याउथ्यँ । म पनि मुसुक्क हासिदिन्थेँ ।’ प्रेम भयो भएन त, पत्रकारको प्रश्नमा उनले भनिन्, ‘प्रेम त हुन पाएन । उनीहरु कुलो वारी आउन सकेनन्, म पारी गइनँ ।’ तर, उनीहरुले सिठ्ठी हान्ने र आफू हाँस्ने क्रम भने लामै समय चलेको बर्षाले भनिन् ।

बर्षाका अनुसार, उनलाई गाउँमा हुँदा मन पराउने खुबै थिए । तर, उनको मन भने काठमाण्डु आएपछि संजोगमा मात्र गएको हो । उनी अहिले नायक संजोग कोइरालासंग प्रेम सम्बन्धमा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us