एजेन्सी – बलिउडका चर्चित अभिनेता रणवीर सिंहको चर्चा चुलिँदो छ । उनको एकपछि अर्को फिल्म हिटको सूचीमा परेका छन् । ‘पद्मावत’ र ‘सिम्वा’पछि रणवीरको ‘गली ब्वाय’ बक्स अफिसमा धमाका मच्चाउने तयारीमा छन् ।
२०१८ भरी बलिउड नगरीमा रणवीरको नाम छाइरह्यो । सालको शुरुवात ‘पद्मावत’बाट गरेका उनले अन्त्य ब्लकबस्टर हिट ‘सिम्बा’बाट गरे । तर बलिउडका तीन खान ९सलमान, आमिर, शाहरुख०का ठुलो लागानीका चलचित्रले भने दर्शकको मन जित्न सकेनन् । रणवीर सिंह चलचित्र नगरीका तीन खानलाई एक्लै टक्कर दिइरहेका छन् ।
‘गलि ब्वाय’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रणवीरले अब बलिउडमा आफ्नो पालो आएको ईशारा दिएका छन् । जब उनलाई एक पत्रकारले सोधिन् ‘बलिउडका तीन खानका फिल्मले सन्तोषजनक व्यापार गर्न सकेका छैनन्, तपाईलाई के लाग्छ रु अब बलिउडमा तपाईंको पालो आएको हो रु’ जवाफमा ठट्यौली शैलिमा रणवीरले भने, ‘अब तपाईले भनिहाल्नु भो माने मैले ।’
रणवीरले भनेका छन् की, ‘म बलिउड उद्योगप्रति चासो राख्छु, यसकारण कुनै अर्को अभिनेताको फिल्मले राम्रो व्यापार गर्न नसक्दा मलाई दुःख लाग्छ । म सबैले आफ्नो चलचित्रका लागि कडा मेहनत गरेको देख्छु ।’ म चाहान्छु की सबै फिल्मले राम्रो व्यापार गरुन् । अझ मेरो फिल्मलाई आम दर्शकले रुचाईदिँदा मलाई झन खुशी लाग्छ ।