शेयर बजार सात विन्दुले घट्यो

काठमाण्डु टुडे २०७५ पुष २२ गते १६:३७ मा प्रकाशित

काठमाण्डु, २२ पुस – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८ दशमलव ५६ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५६ कम्पनीको १३ लाख ६३ हजार ८५४ कित्ता शेयर रु ३१ करोड तीन लाख १४ हजार २२२ मूल्यमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ । सो उपसमूहको शेयर नौ दशमलव ५४ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ छ दशमलव ८६, होटल सात दशमलव ८, विकास बैंक १४ दशमलव ३३, जलविद्युत् १४ दशमलव ५५, वित्त एक दशमलव ६५, निर्जीवन बीमा ७९ दशमलव शून्य आठ, उत्पादन २२ दशमलव १३, लघुवित्त २२ दशमलव ८४ र जीवन बीमा ४३ दशमलव ७५ बिन्दुले घटेको छ ।

घटेको बजारमा नागरिक लगानी कोष, जेविल्स फाइनान्स कम्पनी, नेपाल क्रेडिट एउण्ड कमर्श बैंक, आँखु खोला जलविद्युत् कम्पनी, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै भार्गव विकास बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, सिन्धु विकास बैंक, युनाइटेड इन्स्योरेन्स, हिमालयन डिस्ट्रिलरीका लगानीकर्ताले आज गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us