सोह्र उद्योगका यी १९ वस्तुले पाए गुणस्तर चिह्न

काठमाण्डु टुडे २०७५ पुष २२ गते १५:२५ मा प्रकाशित

काठमाण्डु, २२ पुस – नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो ।

विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी तेल र भेजिटेबल घीलाई गुणस्तर चिह्न प्रदान गरेको छ । वर्षा रिसाइक्लिङ प्रालि बाँकेबाट उत्पादित प्रेसर कुकर, जिटिएच उद्योग प्रालि भक्तपुरबाट उत्पादित प्रेसर कुकर, हरि उद्योग प्रालि भारतबाट उत्पादित एलपीजी रेगुलेटर, होङ्सी सिमेन्ट उद्योग नवलपरासीबाट उत्पादित पिपिसी सिमेन्ट, इन्टरनेशनल सिमेन्ट पर्साबाट उत्पादित पिएससी सिमेन्ट, इन्टरटेक पाइप एण्ड फिटिङ रुपन्देहीबाट उत्पादित पिभिसी पाइपलाई पनि विभागले गुणस्तर चिह्न प्रदान गरेको हो ।

यस्तै, जानकी माटा उद्योग सर्लाहीबाट उत्पादित एलपीजी रेगुलेटर, जया वागेश्वरी रोटामोडलिङ रुपन्देहीबाट उत्पादित पीभिसी पाइप, जेएसएस उद्योग प्रालि काठमाण्डुबाट उत्पादित एलपीजी रेगुलेटर, कोहीनुर प्लाइउड प्रालि मोरङबाट उत्पादित प्लाइउड, नारायणी उद्योग बाराबाट उत्पादित आइरनलाई समेत गुणस्तर चिह्न प्रदान गरेको छ ।

विभागले नेपाल सेन्टेक्स उद्योग चितवनबाट उत्पादित वाटर स्टोरेज ट्याङ्की, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित एलपीजी सिलिण्डर र एलपीजी भल्व फिटिङ, साउथ एशिया पोलीपाइप उद्योग लिमिटेड मकवानपुरबाट उत्पादित एचडिपीइ पाइप र सनराइज सिमेन्ट प्रालि झापाबाट उत्पादित पिपिसी सिमेन्टलाई समेत गुणस्तर चिह्न प्रदान गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले गुणस्तर मापदण्ड पुरा गरी सामान उत्पादन गर्ने सबै उद्योगलाई आवेदनका आधारमा गुणस्तर चिह्न प्रदान गरिएको जानकारी दिए । ‘गुणस्तर जाँचका क्रममा गुणस्तर विपरित सञ्चालन भएको भेटिए इजाजतपत्र समेत रद्द गर्दछौँ,’ उनले भने । गुणस्तर ठिक हुनु भनेको प्रयोग गर्न योग्य हुनु हो ।

विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामाग्रीलाई गुणस्तर चिह्नको इजाजत पत्र प्रदान गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us