यी हुन् डीपीएल-३ का सर्बाधिक महँगा ६ खेलाडी, को–को परे ?(नामसहित)

काठमाण्डु टुडे २०७५ पुष २१ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, २१ पुस – तेस्रो संकरणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको काठमाण्डुमा खेलाडी खरिद बिक्री (अक्सन) सम्पन्न भएको छ ।

अक्सनबाट ६ जना खेलाडी सर्बाधिक मुल्यमा बिक्री भएका छन् । रुपेन्देही च्यालेन्जर्सले ललितसिंह भण्डारी र विनोद भण्डारीलाई सर्बाधिक २ लाख ५० हजार मुल्य हालेको छ ।

यस्तै आरिफ सेखलाई महेन्द्रनगर यूनाइटेडले पनि अधिकतम मुल्य (२ लाख ५० हजार) हालेको छ भने ललितनारायण राजवंशीलाई काठमाण्डु किग्सले २ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गरेको छ ।

पवन सर्राफलाई धनगढी स्टार्सले २ लाख ५० हजार रुपैयाँ खर्चा गर्दा भीम सार्कीलाई अधिकतम मुल्य (२ लाख ५० हजार)मा लिन धनगढी, रुपेन्देही, अत्तरिया र विराटनगरले बोली लगाएका थिए । गोलाप्रथामा रुपेन्देहीले बाजी मारेको थियो ।

यी बाहेक प्रदीप ऐरीलाई रुपेन्देहीले नै २ लाख ४० हजार हालेको छ । सन्दीप जोरालाई सिवासी अत्तरियाले २ लाख ३० हजारमा अनुबन्ध गरेको छ । काठमाण्डु, महेन्द्रनगर, सिवाइसी अत्तरिया र धनगढी बीच सन्दीपलाई अनुबन्ध गर्न प्रतिस्पर्धा चलेको थियो ।

अन्य महँगा खेलाडीहरुमा अविनाश बोहरालाई महेन्द्रनगरले १ लाख ७० हजार, विक्रम भुषाललाई काठमाण्डुले १ लाख ६० हजारमा, सन्दीप सुनारलाई रुपेन्देहीले १ लाख १० हजारमा, कुशल भर्तेललाई विराटनगरले १ लाख ६० हजारमा र आसिफ सेखलाई एक लाख ८० हजारमा खरिद गरेको छ । यस्तै धनगढीले अमित श्रेष्ठलाई १ लाख ८० हजार तथा सौरभ खनाललाई १ लाख ६० हजारमा अनुबन्ध गरेको छ ।

माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डु गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन् । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् ।

विराटनगर किंग्स

कुशल भुर्तेल- १ लाख ६० हजार

अर्जुन अधिकारी- ३० हजार

किशोर महतो- १ लाख

मोहम्मद सांम्सद शेख- ७५ हजार

राजेश पुलामी मगर- ७५ हजार

मोहम्मद आसिफ शेख- १ हजार ८० हजार

पृथु बास्कोटा- १ लाख २० हजार

हरिशंकर शाह- ९० हजार

सुशान भारी- १ लाख

अमृत गुरुङ- ३० हजार

महेन्द्रनगर यूनाइटेड

अविनाश बोहरा- १ लाख ७० हजार

आरिफ सेख- २ लाख ५० हजार

अमरसिंह रौटेला- १ लाख २० हजार

सागर ढकाल- १ लाख

दीपेन्द्र चन्द- ३० हजार

दीलिप नाथ- ७५ हजार

रोहित पौडेल- २ लाख ३० हजार

सहाब आलम- ६० हजार

सन्तोष भट्ट- ३० हजार

सिद्धान्त लोहनी- ७० हजार

कुशल मल्ल- ५० हजार

धनगढी स्टार्स

दीपेश श्रेष्ठ- ८० हजार

सौरभ खनाल- १ लाख ६० हजार

विपिन खत्री- ९५ हजार

हरिबहादुर चौहान- ९५ हजार

अमित श्रेष्ठ- १ लाख ८० हजार

राजु रिजाल- ७५ हजार

रोविन क्षेत्री- ३५ हजार

सुनिल धमला- १ लाख ८० हजार

पवन सर्राफ- २ लाख ५० हजार

रुपेन्देही च्यालेन्जर्स

ललितसिंह भण्डारी- २ लाख ५० हजार

प्रदीप ऐरी- २ लाख ४० हजार

पुरन विक- ४० हजार

सन्दीप सुनार- १ लाख १० हजार

अनिल खरेल- ३० हजार

सुमित महर्जन- ७५ हजार

विनोद भण्डारी- २ लाख ५० हजार

कृष्ण कार्की- १ लाख

सुरज दराई- ३० हजार

विक्रम सोब- ६० हजार

भीम सार्की- २ लाख ५० हजार

काठमाण्डु गोल्डेन्स

विक्रम भुषाल- १ लाख ६० हजार

अविनव यादव- ३० हजार

रासिद खान- १ लाख ७० हजार

ललितनारायण राजवंशी- २ लाख ५० हजार

नन्दन यादव- ५० हजार

अनिलकुमार साह- १ लाख ७० हजार

सोनु तामाङ- ६५ हजार

सुर्य तामाङ- ५० हजार

योगेन्द्रसिंह कार्की- ७० हजार

सिवाइसी अत्तरिया

जितेन्द्रसिंह ठकुरी- ७५ हजार

भुवन कार्की- २ लाख १० हजार

दीपेन्द्र रावत- ३० हजार

प्रेम तामाङ- ५० हजार

आदिल अन्सारी- ३० हजार

रामनरेश गिरी- ७५ हजार

सन्दीप जोरा- २ लाख ३० हजार

खगेन्द्र जोशी- ३० हजार

सुवेन्दु पाण्डे- ५० हजार

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us