यी हुन् डीपीएल-३ का महँगा खेलाडी, को-कतिमा बिक्री भए ?

काठमाण्डु टुडे २०७५ पुष २१ गते १३:४६ मा प्रकाशित

काठमाण्डु, २१ पुस – तेस्रो संकरणको धनगढी प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको काठमाण्डुमा खेलाडी खरिद बिक्री (अक्सन)जारी छ ।

माघ २७ गतेबाट धनगढीमा हुने प्रतियोगिताका लागि धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाण्डु गोल्डेन र विराटनगर किंग्सले २ सय ५ खेलाडीमा बोली लगाउँदैछन् । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् ।

जसमा पहिलो सेसन सकिँदा चार खेलाडीले अधिकतम मूल्य पाएका छन् । त्यसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललितसिंह भण्डारी र विनोद भण्डारी रहेका छन् ।

होटेल अन्नपूर्णमा भएको अक्सनमा सुरुवाति तीन खेलाडी बिक्री भएनन् । जसमा प्रदिप ऐरीलाई अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिमबीच प्रतिस्पर्धा चलेको थियो ।

यस्तै ललितसिंह भण्डारीलाई पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदीपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगो रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो ।

यी हुन् अक्सनमा बिक्री भएका अन्य खेलाडी-

अविनाश बोहरा

राष्ट्रिय टिममा पहिलो पटक परेका खेलाडी २२ वर्षीय खेलाडी बोहरालाई १ लाख ७० हजार रुपैयाँमा महेन्द्रनगर युनाइटेडले किन्यो ।

कुशल भुर्तेल

भैरहवाका खेलाडी दायाँ हाते ब्याट्सम्यान र बलर १ लाख ६० हजारमा विराटनगरले किन्यो ।

सौरभ खनाल

एक लाख बेस प्राइस रहेक खनाललाई धनगढी स्टार्सले १ लाख ६० हजारमा किनेको छ ।

हरिबहादुर चौहान

चौहानलाई ९५ हजार रुपैयाँमा चौहानलाई धनगढीले लिएको छ ।

सन्दिप सुनार

८० हजार बेस प्राइस रहेका सुनारलाई १ लाख १० हजारमा रूपन्देहीले किनेको छ ।

अमित श्रेष्ठ

बेस प्राइस ५० हजार रुपैयाँ रहेका श्रेष्ठलाई १ लाख ८० हजारमा धनगढीले किनेको छ ।

किशोर महतो
बेस प्राइस ७० हजार रुपैयाँ रहेका महतोलाई १ लाखमा विराटनगरले किनेको छ ।

विक्रम भुषाल

७० हजार बेस प्राइस रहेका भुषाललाई १ लाख ६० हजारमा काठमाडौंले खरिद गरेको छ ।

मोहम्मद आरिफ शेख

बेस प्राइस १ लाख रहेका शेखलाई महेन्द्रनगरले २ लाख ५० हजारमा ड्रबाट टिममा लियो ।

रासिद खान

रासिद खानलाई १ लाख ७० हजार काठमाडौंले लिएको छ ।

अमरसिंह राउटेला

राउटेलालाई १ लाख २० हजारमा महेन्द्रनगरले किनेको छ ।

मोहम्मद आशिफ शेख

बेस प्राइस १ लाख रुपैयाँ रहेका शेखलाई १ लाख ८० हजारमा विराटनगरले किनेको छ ।

भुवन कार्की

१ लाख बेस प्राइस रहेका कार्कीलाई सीवाईसी अत्तरियाले २ लाख १० हजारमा खरिद गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us