बलिउडका अभिनेता प्रकाश राज चुनाव लड्दै

काठमाण्डु टुडे २०७५ पुष १८ गते १७:५६ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता प्रकाश राज चुनाव लड्ने भएका छन् । विभिन्न फिल्महरुमा खलनायकको भूमिका निर्वाह गर्ने प्रकाशले लोकसभा चुनावमा उठ्न लागेका हुन् ।

भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक समेत रहेका उनले मंगलबार एक ट्विट गर्दै आफू लोकसभा चुनावमा स्वतन्त्रबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

ट्विटरमा उनले नयाँ वर्षको शुभकामना दिदै लोकसभामाआफू स्वतन्त्रबाट चुनाव लड्नेबताएका हुन् । प्रकाशले आफ्नो ट्विटमा ‘अब की बार जनताकी सरकार’ समेत लेखेका छन् । कुन क्षेत्रबाट उठ्ने भन्ने विषयमा उनले खुलाएका छैनन् ।

गत नोभेम्बरमा प्रकाशले मोदीलाई स्वच्छ भारत अभियानमा आफू र आफ्नो पार्टीका नेताहरुको बोलीबाटै पोसुरु गर्ने हो कि भन्दै व्यंग्य गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us