एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्टले रणवीरसँगको प्रेम आफ्नो उपलब्धी नभएको बताएकी छन् ।
उनले भनेकी छन् ‘ म मान्दिन, प्रेम कुनै उपलब्धी हो । तर, एउटा कुरा सत्य के हो भने यो सुन्दर हुन्छ र यसलाई उत्सवको रुपमा मनाउन सकिन्छ ।’ आलियाले आफ्नो प्रेमलाई सुरक्षित राख्न चाहेको भन्दै यसलाई प्रचारको माध्यम बनाउन नचाहेको पनि उल्लेख गरिन् ।
उनले आफ्नो प्रेमलाई बिरालोसँग तुलना गर्दै भनिन्, ‘मेरो घरको बिरालो निकै लजालु छ र उ सामाजिक संजालका लागि तयार छैन ।’ अहिले बलिउडमा यो जोडीको प्रेमले निकै चर्चा पाएको छ ।