
कैलाली, ७ चैत – जिल्लामा पछिल्लो केही वर्षयता हिउँदे तरकारी उत्पादनमा वृद्धि हुँदै आएको छ ।
किसानले व्यावसायिक रुपमा तरकारीखेती गर्न थालेपछि जिल्लामा तरकारी उत्पादन बढ्दै जानाका साथै उनीहरु आर्थिक रुपले सबल बन्दै गएको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।
यस वर्ष कैलालीमा छ हजार ३०० हेक्टर क्षेत्रफलमा हिउँदे तरकारीखेती गरिएकामा एक लाख पाँच हजार १०० मेट्रिक टन तरकारी उत्पादन भएको बताइएको छ ।
अघिल्लो आवमा पाँच हजार २०० हेक्टर क्षेत्रफलमा तरकारीखेती गरिएकामा ८० हजार ६०० मेट्रिक टन उत्पादन भएको कार्यालयका योजना अधिकृत चन्द्रा जोशीले बतए ।
उनका अनुसार पछिल्ला वर्षमा हिउँदे तरकारीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ । अन्य बालीभन्दा तरकारीखेतीबाट आम्दानी हुने देखेपछि किसानको आकर्षण व्यावसायिक रुपमा तरकारी खेतीतर्फ गएको छ ।