तनहुँ, ७ चैत – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको डुम्रे आँबुखैरेनी सडकखण्डमा पर्ने बन्दीपुर गाविस– ८ याम्पाफाँटमा बसको ढोकाबाट खस्दा एक यात्रुको शुक्रबार मृत्यु भएको छ ।
जिल्लाको छाब्दी बाराही मन्दिरतर्फ जाँँदै गरेको ना४ख ७२१९ नम्बरको बसमा यात्रा गरिरहेका नवलपरासी रजहर गाविस–४ निवासी वर्ष ३५ का मदन कट्टेलको बसको ढोकाबाट खसेपछि सोही बसले किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
उनको शव दमौली अस्पतालमा राखिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।