गिरिजाप्रसाद कोइरालाको स्मृति दिवश

काठमाण्डु टुडे २०७० चैत ७ गते २:५० मा प्रकाशित

girija prasad koiralaकाठमाण्डु, ७ चैत – पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोईरालाको चौथो स्मृति दिवसमा नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दैछ ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोईरालाको उपस्थितीमा काँग्रेसको केन्द्रिय कार्यालयमा वृक्षारोपण कार्यक्रम हुँदैछ ।

यस्तै दिउँसो राष्ट्रिय सभागृहमा जी.पी. कोईराला अध्ययन केन्द्रले विचार गोष्ठी तथा निबन्ध प्रतियोगितामा उत्कृष्ट हुने छात्रछात्रालाई गिरिजाप्रसाद कोईराला उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण तथा विभिन्न विषयमा उत्कृष्ट अंक ल्याउने उच्च मावि र छात्र,छात्रालाई सम्मान कार्यक्रम गर्दैछ ।
२०६२÷६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा राजसंस्थाको अन्त्य संगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो ।
शान्ति, सहकार्य र प्रजातन्त्रमा विश्वास गर्ने कोईराला पाँच पल्ट देशको प्रधानमन्त्री बनेका थिए । कोईरालाको २०६६ साल चैत ७ गते निधन भएको हो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us