काठमाण्डु, ६ चैत – यस बर्षको एसएलसी परीक्षा आज देखि सुरु हुँदै छ ।
देशभरबाट साढे ५ लाख बिद्यार्थीले परीक्षा दिदै छन् ।
परीक्षा नियन्त्रक बिष्णु द्वारेले एसएलसी परीक्षा सञ्चालनमा कुनै समस्या नभएको बताए ।
यस बर्षको एसएलसीमा पाँच लाख ६६ हजार ८५ परीक्षार्थी सम्मिलित हुँदै छन् ।
एसएलसीमा सहभागी हुने मध्ये नियमतितर्फ चार लाख १९ हजार तीन सय ५२ र एक्ज्याम्टेडतर्फ एक लाख ४६ हजार सात सय सम्मिलित हुँदैछन् ।
यस बर्ष काठमाण्डुबाट ८७ परीक्षा केन्द्रमा सबैभन्दा बढी ३३ हजार ८५ र मनाङमा सवैभन्दा कम ८८ परीक्षार्थी सम्मिलित हुँदै छन् ।
देशभर एक हजार आठ सय ३६ केन्द्राध्यक्ष, दुइ हजार सात सय ५७ सहायक केन्द्राध्यक्ष र १८ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।