महिला मृत फेला

काठमाण्डु टुडे २०७० चैत ५ गते १२:५६ मा प्रकाशित

सिरहा, ५ चैत – सिरहाको मल्हनियाखोरी गाविसमा बुधबार दिउँसो सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीका अनुसार मल्हनियाखोरी गाविस–५ स्थित उखु खेतमा सडेगलेको अवस्थामा स्थानीय ३१ वर्षीय सीतादेवी महराको शव फेला परेको हो । 

मृतक सीतादेवीको श्रीमान वैदेशिक रोजगारीको क्रममा खाडी मुलुकमा छन् । मृतक सीतादेवी विगत ४२ दिनदेखि बेपत्ता भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us