शंकास्पद झोलामा जिन्स पाइन्ट र लिपस्टिक

काठमाण्डु टुडे २०७० चैत ५ गते ९:५१ मा प्रकाशित

Sankaspadकाठमाण्डु, ५ चैत – राजधानीको पुतलिसडक स्थित शंकरदेव क्याम्पस अगाडि भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टी भएको छ ।

बम हुनसक्ने आशंकामा त्यहाँ पुगेकाे नेपाली सेनाको डिस्पोजल टोलीले बम नभएको पुष्टी गरेको हो ।

 सो शंकास्पद झोला खोलेर हेर्दा जिन्सको पाइन्ट र लिपस्टिक भेटिएको प्रहरीले जनाएको छ ।

शंकास्पद बस्तु भेटिएपछि त्रसित बनेको पुतलिसडक क्षेत्रको जनजीवन सामान्य बन्दै गएको छ

। शंकास्पद अवस्थामा रहेको झोलामा बम हुनसक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us