काठमाण्डु, ५ चैत –रुपन्देहीको बुटवलमा जिप र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुवास बगाले र पछाडि सवार गुल्मी बडागाउँका जन बगाले रहेका छन् ।
उनीहरु दुवैको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएका हो ।
हिजो बेलुकी साढे ७ बजे लु १ ज ६६० नम्बरको जीप र लु १५ प ५५ ७४ नम्बरको मोटरसाइकल नयाँगाउँमा आपसमा ठोक्किएका थिए ।