
कालीकोट, ४ चैत – दुर्गम गाउँमा विपन्न वर्गका स्थानीयवासीलाई आयआर्जन गरी आत्मनिर्भर बन्नका लागि विभिन्न निकायले बाख्रा वितरण कार्यक्रम तीव्रता दिएका छन् ।
महिलाको आयआर्जन बढाई व्यावसायिक बनाउने उद्देश्यले महिला बालबालिका कार्यालय कालीकोटको सहयोगमा कर्णाली बचत तथा ऋण सहकारी संस्थाले बदालकोट गाविसमा ३० महिलालाई प्रति महिलालाई सात हजारका दरले रकम उपलब्ध गराई बाख्रा वितरण गरेको छ ।
बदालकोट गाविसका वडा नं ४, ५, ६ र ७ वडामा बाख्रा वितरण गरिएको संस्थाका अध्यक्ष विरु भारतीले बताए ।
उनका अनुसार जिल्लामा महिला तथा बालबालिका कार्यालयले बर्सेनि महिलाका क्षेत्रमा आयआर्जनदेखि क्षमता विकास, सीप विकासलगायत क्षेत्रमा काम गर्दै आए पनि त्यस्ता कार्यक्रम विकट गाउँमा पुग्न नसकेको बताइएको छ ।