बंगलादेशको चुनौती सामाना गर्न तयार छौं : पारस

काठमाण्डु टुडे २०७० चैत ३ गते ११:४३ मा प्रकाशित

parasचट्गाउँ, २ चैत – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफूहरु बंगलादेशको चुनौती सामना गर्न तयार रहेको बताएका छन् ।

घरेलु टिमसँगको खेलको अघिल्लो दिन चट्गाउँमा भएको ‘प्रि म्याच कन्फ्रेन्स’मा बोल्दै पासले सक्दो राम्रो खेल्ने बताए ।

टेष्ट मान्यता प्राप्त राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर हतपत नपाउने भन्दै उनले यो आफूहरुका लागि राम्रो अवसर भएको बताए ।

खेलको नतिजाबारे सोच्नु भन्दा पनि राम्रो खेल्नेतर्फ ध्यान दिने उनको भनाइ छ । सबैले आफ्नो तर्फबाट राम्रो गर्ने हो भने बंगलादेशसँगको खेल जित्न सम्भव रहेको उनको भनाइ छ ।

नेपालले मंगलबार चट्गाउँमा घरेलु टिम बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समयअनुसार साँझ सवा ७ बजेबाट सुरु हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us