
हेटौंडा, ३ चैत – मकवानपुरको चित्लाङ गाविसमा हिमालयन प्लान्टेसन प्रालिले गरेको व्यावसायिक जैतुनको उत्पादन बढ्न थालेको छ ।
हिमालयन प्लान्टेसनका अनुसार आधुनिक यन्त्रको प्रयोगले उत्पादन बढेको हो ।
जर्मनीका बाउटरले १७ वर्ष अगाडि मकवानपुरको चित्लाङ गाविस– ६ र ९ वडामा गरी जम्मा २०० रोपनी जग्गा खरिद गरेर सुरु गरेको जैतुनखेती सुरुका वर्षमा भन्दा हाल अत्यधुनिक यन्त्रको प्रयोगले उत्पादनमा दोब्बर वृद्धि हुन थालेको प्लान्टेसनका व्यवस्थापक आरके कुमार्इंले बताए ।
जैतुनको तेलले विशेष गरी मुटुरोगीलाई फाइदा पु¥याउने भएकाले विदेशमा यसको माग बढिरहेको बताइएको छ ।