नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको बधाई

काठमाण्डु टुडे २०७० चैत ३ गते ४:५० मा प्रकाशित

काठमाण्डु, ३ चैत– प्रधानमन्त्री सुशील कोइरालाले टी–ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुआत गरेकामा नेपाली राष्ट्रिय टिमलाई Sushil-Koiralaबधाई दिएका छन् ।

कोइरालाले एक विज्ञप्ति जारी गर्दै खेलाडी र प्रक्षिकलाई बधाई दिएका हुन् । विज्ञप्तिमा उनले नेपाली क्रिकेट टिमले  राष्ट्रिय गौरव अभिवृद्धि गरेको खबरले आफू हर्षित भएको बताएका छन् ।

‘ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो पटक  सहभागी भएको नेपाली टिमको विजयी सुरुआत प्रशंसायोग्य छ’, कोइरालाले भनेका छन्, ‘नेपाली क्रिकेट टिमले छोटो समयमा प्राप्त गरेको यस सफलताको सरकार कदर गर्दछ ।’

प्रधानमन्त्रीले यो सफलताले आगामी प्रतियोगितामा नेपाली टोलीले अझै उच्चस्तरको प्रदर्शन गरी विश्वकपको उपाधि चुम्ने आशा व्यक्त गरेका छन् । बंगलादेशको अहम चौधरी रंगशाला चटगावमा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८० रनको फराकिलो अन्तरले हराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us