काठमाण्डु, ३ चैत– पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत १७ विद्यार्थी संगठनले बिहान एक घण्टा चक्काजाम गरेका छन् ।
बिहान ९ देखि १० बजेसम्म गरिएको चक्काजामका कारण काठमाण्डु उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो ।
विद्यार्थीले काठमाण्डुका सरस्वती, अस्कल, त्रिचन्द्र, रत्नराज्य, पशुपति, ताहाचललगायतका क्याम्पस अगाडि चक्काजाम र प्रदर्शन गरेका थिए । यस्तै विद्यार्थीले आज देशभर सरकारी नम्बर प्लेटका गाडी सञ्चालनमा रोक लगाउने भएका छन् ।
सरकारले आन्दोलन छाडेर समस्या समाधानका लागि वार्तामा आउन आग्रह गरे पनि विद्यार्थीले आन्दोलन र वार्ता सँगसँगै लैजाने बताएका छन् । मूल्यवृद्धिको निर्णय फिर्ता नभएसम्म आन्दोलन नरोकिने अडानमा विद्यार्थी संगठनहरु छन् ।
१७ विद्यार्थी संगठनको शनिबारको बैठकले आज र भोलि क्याम्पस अगाडि चक्काजाम र सरकारी गाडी सञ्चालनमा रोक लगाउने तथा बुधबार उपत्