राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको यस्तो छ कामना

काठमाण्डु टुडे २०७० चैत २ गते २:३१ मा प्रकाशित

Ram-Baran-Yadavकाठमाण्डु, २चैत –राष्ट्रपति डाक्टर रामबरण यादबले आपसी भाईचारा अभिबृद्धि गर्नका लागी साझा साँस्कृतिक चाडहरुको बिशिष्ठ महत्व रहेको बताएका छन् ।

होलीका अबसरमा शुभकामना दिदै राष्ट्रपति यादबले बिभिन्न जातजाती , धर्म , भाषा , सस्कृति र बिभिन्न क्षेत्रका नेपाली हरुबिच राष्ट्रिय अखण्डता तथा मेलमिलापलाई अक्षुण राखी उल्लासमय पार्न होलीले महत्वपूर्ण योगदान दिन सकोस भन्ने कामना समेत गरेका छन् ।

त्यस्तै उपराष्ट्रपति परमानन्द झाले फागु पूर्णिमाले सम्पूर्ण नेपालीलाई एक सूत्रमा जोड्दै आपसी मेलमिलापको वातावरण सिर्जना गर्न सकास भनी कामना गरेका छन् ।

उपराष्ट्रपति झाले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै नयाँ संविधान निर्माणार्थ सहमति, सहयोग र सहकार्यको बाटामा अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामना गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री सुशील कोइरालाले फागु पूर्णिमाको अवसर चाडपर्वले समुदायका बासिन्दाबीच सद्भाव बढाउने, एकताबद्ध गर्न सघाउने तथा विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायलाई आआफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न अभिप्रेरित गर्ने बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us