नेपाली क्रिकेटको ऐतिहासिक दिन, जितेको हेर्न आतुर छन नेपाली

काठमाण्डु टुडे २०७० चैत २ गते १:१९ मा प्रकाशित

Nepal_20140315103325काठमाण्डु, २ चैत –नेपाली खेल जगतको सवैभन्दा ऐतिहासिक दिन आज लाखौं नेपालीले होलीको रौनकसँगै बंगलादेशमा सुरु हुने टी –२० विश्वकप क्रिकेटको पहिलो खेलको मजा लिदै छन् ।

सवै विश्वकपमा अरु देशको समर्थनमा बाँडिने क्रिकेटप्रमीलाई पहिलोपटक आफ्नै देशको समर्थनमा एकस्वरले चिच्चाउने र ताली बजाउने अभूतपूर्व अवसर प्राप्त भएको छ ।

बंगलादेशको चटगाउँमा आजदेखि सुरु हुने टी –२० विश्वकप क्रिकेट प्रंतियोगिताको पहिलो चरणमा नेपालले हङकङबिरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

हङकङ नेपालकै स्तरको प्रतिस्पर्धी हो । खेलको बेलुका सवा सात बजे सरकारी संचार माध्यम नेपाल टेलिभिजनले प्रत्यक्षप प्रसारणगर्ने भएको छ

। क्रिकेटबाहेक नेपाल कुनै पनि टिम गेममा विश्वकपमा पुगेको छैन् ।

युएइमा सम्पन्न अन्तिम छनौट प्रतियोगिताबाट नेपालले बंगलादेश विश्वकपमा लागि आफ्नो सिट सुरक्षित गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक पुवुदु दसानायकेले नेपालको क्रिकेटलाई एक्स्पोज गर्ने ठूलो अवसर यही भएको बताएका छन् ।

उनले भनेका छन ‘यो अवसरलाई मिस गर्नुहुन्न, नेपालले बिजयी सुरुवात गर्नेमा ढुक्क छु ।’

सफल कप्तानको छवि बनाएका पारस खड्का नेपाललाई विश्वसामु चिनाउन आएका हौं, अन्तर्राष्ट्रिय जगतमा नेपालको क्रिकेटबारे जानकारी दिने यो बाहेक उत्तम विकल्प अरु हुन नसक्ने बताएका छन् ।

नेपाल र हङकङबीचको खेलमा झण्डै तीन हजार नेपाली समर्थक मैदानमा पुग्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us