
काठमाण्डु, १ चैत – पोखरामा सम्पन्न बाह्रौं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक सहारा फुटबल क्लवले जितेको छ ।
ए डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सहाराले उपाधि घरमै राखेको हो ।
प्रतियोगितामा यो उसको पहिलो पहिलो उपाधि हो ।
टिमलाई ऐतिहासिक जित दिलाउने क्रममा सरोज दाहाल नायक सावित भए ।
उनले ५४ औं मिनेटमा हेडमार्फत गरेको एक मात्रै गोल निर्णाय बन्दा सिजनको दोस्रो उपाधि जित्ने मनाङको सपना पूरा हुन सकेन ।