
काठमाण्डु १ चैत–नागरिक लागनी कोषले २४ औ वार्षिकोत्सवको पुर्व सन्ध्यामा शनिवार बागमती सरसफाई कार्यक्रम आयोजना गरेको छ । सामाजिक कार्य अन्तरगत कोषले युन पार्कबाट सरसफाई कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कोष ब्यवस्थापन र कोषका कर्मचारी सहभागी थिए ।
यो भन्दा अघि पनि कोषले सामाजिक सेवाको कार्य गर्दे आएको थियो । ‘कोषले बिगत धेरै लामो समयदेखी रक्तदान कार्यक्रमलाई निरन्तरा दिदै आएको छ । आगमी दिनमा पनि सामाजिक सुरक्षाको क्षेत्रमा काम गर्ने प्रतिवद्वता ब्यक्त गरेको छ’ कोषका अधिकृत उद्धव सिलवालले भने ।
सो अवसरमा कोषका अध्यक्ष सुमन प्रसाद शर्मा, कार्यकारी निर्देशक अर्जुनलाल राजवंसी तथा मुख्य ब्यवस्थापक सुशिल कुमार अर्यालले यस्तो कार्यलाई निरन्तरता दिदै जाने प्रतिवद्वता ब्यक्त गरेको पनि सिलवालले बताए ।