नेपाल-हङकङ खेलको सबै टिकट बुकिङ, पारस खड्का सफल कप्तान

काठमाण्डु टुडे २०७० चैत १ गते २:४४ मा प्रकाशित

ICC-World-Twenty20-Trophy-2014-Logo1काठमाण्डु, १ चैत – बंगलादेशमा आइतबारदेखि सुरु हुने ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिका लागि नेपाली टोली शनिबार बंगलादेशको ढाकाबाट चट्गाउँ गएको छ ।

दिउँसो नेपाली टोली चटगाउँ पुगेको हो ।

यसअघि नेपाली टोलीले ढाकाको फतुल्लाहमा दुईवटा अभ्यास खेल खेलेको थियो ।

चट्गाउँ पुगेर नियमित अभ्यास गर्ने नेपाली टोलीले विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपाली समय अनुसार साँझ सवा सात बजे हंङ्कङसंग खेल्नेछ ।

नेपालको लागि सबै टिकट बुकिङ्ग भइसकेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले जनाएको छ ।

paras यसैबीच आइसीसीले नेपाली क्याप्टेन पारस खड्कालाई सफल क्याप्टेनको सुचीमा राखेको छ । आइसिसीले खड्कालाई कुनैपनि बेला खेल परिवर्तन गर्न सक्ने क्षमता भएका क्याप्टेनकारुपमा उल्लेख गरेको छ । नेपाल र हङकङबीचको खेलका लागि सयौं नेपाली समर्थक बंगलादेश पुगेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us