भारतीय सेना प्रमुख फर्कदै

काठमाण्डु टुडे २०७० फागुन ३० गते २:४५ मा प्रकाशित

amry chief indianकाठमाण्डु, ३० फागुन –दुइदिने नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल विक्रम सिंह आज स्वदेश फर्कदै छन् ।

सिंह आजै सैनिक अभ्यास अवलोकनका लागि रुपन्देही जाने कार्यक्रम छ ।

नेपाल भारत सेनाद्धारा संयुक्त रुपमा रुपन्देहीको सालझण्डीमा सञ्चालित सूर्यकिरण ६ अवलोकन गर्न सिंह हिजो नेपाल आएका थिए ।

सिंहले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशिल कोइराला तथा प्रधानसेनापति गौरवशम्शेर जबरा लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us