दोलखा, २८ फागुन – एमाओवादीले लडाकु शिविरभित्र भएको भनिएको अनियमितानाको विषयमा गरिएको छानविन प्रतिवेदन सार्वजनिक गर्ने बताएको छ ।
छानविन समितिका संयोजक समेत रहेका एमाओवादी नेता पोष्टबहादुर बोगटीले छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।
क्रान्तिकारी पत्रकार संघ दोलखाले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बोगटील चैतमा हुने पार्टीको राष्ट्रिय सम्मेलन अगावै प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिए ।
साथै नेता अमिक शेरचन संयोजकत्वको सम्पत्ति छानवीन आयोगको प्रतिवेदनसमेत सार्वजनिक गर्ने तयारीमा रहेको उनको भनाइ छ ।
पार्टीभित्र थोरै नैतिक स्खलन भएको स्वीकार्दै बोगटीले अन्य पार्टीहरुभन्दा आझै एमाओवादी नै राम्रो भएको दावी गरे ।