काठमाण्डु, २७ फागुन – सरकारले न्युनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने गृहकार्यमा जुटेको छ ।
सरकारका काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन न्यूनतम् साझा सहमतिको कार्यक्रम छिट्टै ल्याउने तयारीमा सरकार जुटेको हो । यस अघि हिजो बसेको मन्त्रीमपरिषदको बैठकले पनि चाडो भन्दा चाडो न्युनतम् साझा सहमतिको कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।
संभव भएसम्म मंगलवार नभए बुधावर भित्र कार्यक्रम ल्याउने गरी सरकार गृहकार्यमा जुटेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले सय दिनभित्र हरेक मन्त्रालयले के कस्ता काम पुरा गर्न सक्छ, त्यसबारेमा अर्को मन्त्रिपरिषद्को बैठक र मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयलाई जानकारी दिन पनि निर्देशन दिइ सकेका छन् ।