प्रचण्डले कोइरालालाई भने, ‘सहमितकै आधारमा संविधान निर्माण गरौं’

काठमाण्डु टुडे २०७० फागुन २६ गते ११:३७ मा प्रकाशित

prachanda-sushilकाठमाण्डु, २६ फागुन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माण प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री कोइरालासँग सोमबार आफ्नै निवासमा भएको भेटमा प्रचण्डले सहमतिका आधारमा संविधान निर्माण गर्नुपर्ने बताएका हुन् ।

‘संविधान निर्माण प्रक्रियालाई सहमतिकै आधारमा अघि बढाऔं, प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव चुडामणि खड्काले भने, ‘दलहरुको मुख्य प्राथमिकता पनि यहि हुनुपर्छ ।’

साथै उनले प्रधानमन्त्री कोइरालालाई संवैधानिक निकायमा रिक्त पदहरुमा तत्काल पदपुर्ति गर्न आग्रहसमेत गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले बिमस्टेक सम्मेलन र आफ्नो म्यानमार भ्रमणका सम्बन्धमा चर्चा गरेका थिए ।

भेटमा भारतीय प्रधानमन्त्रीले गर्न लागेको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।

प्रधानमन्त्री कोइरालाले आफ्नो म्यानमार भ्रमणका समयमा भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भारतीय प्रधानमन्त्री नेपाल आउन इच्छुक देखिएपनि भ्रमणको तिथि भने यकिन भइसकेको छैन ।

प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै दुई महिनापछि कोइराला प्रचण्डलाई भेट्न लाजिम्पाट पुगेका हुन् । यसअघि आइतबार कोइरालाले सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसँग भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us