स्थानीय चुनावमा एमाओवादी सहभागी नहुने

काठमाण्डु टुडे २०७० फागुन २५ गते ११:४९ मा प्रकाशित

agni sapkotaकाठमाण्डु, २५ फागुन – एकीकृत माओवादीले संविधान जारी नभइ हुने स्थानीय चुनावमा सहभागी नहुने प्रष्ट पारेको छ । एमाओवादी नेता अग्नीप्रसाद सापकोटाले संविधान जारी नगरी स्थानीय चुनाव गरिए आफूहरु सहभागी नहुने बताए ।

रिपोटर्स क्लवले आइतबार गरेको साक्षात्कारमा बोल्दै सापकोटाले यथास्थितिमा स्थानीय चुनाव गराउन खोजे कुनै पनि हालतमा हुन नदिने चेतावनी दिए ।

संविधान कसले प्रमाणीत गर्ने र कसले जारी गर्ने भन्ने विवाद अनावश्यक रहेको भन्दै उनले काँग्रेस र एमालेको आपसी खिचातानीकै प्रतिफल मुलुक यस्तो फजुलको विवादमा रुमल्लीएको आरोप लगाए ।

साथै सापकोटाले सर्वपक्षीय गोलमेच सम्मेलन गरेर भएपनि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई संविधान निर्माण प्रकृयामा ल्याउनुपर्ने बताए ।

‘वैद्यजीहरु पनि संविधान निर्माण प्रकृयामा सहभागी हुन लचीलो भइसक्नुभएको छ,’ सापकोटाले भने, ‘अब उहाँहरुलाई पनि समेटेर संविधान लेखनतिर नै हामीले मुख्य ध्यान केन्द्रीत गर्नुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us