शंकरदेवमा दुइ घण्टा थुनिए बिद्यार्थी

काठमाण्डु टुडे २०७० फागुन २५ गते ४:३२ मा प्रकाशित

shankar dev collgeकाठमाण्डु, २५ फागुन – हतियार सहित पक्राउ परेका नेविसंघका नेता शुभराम बस्नेतको रिहाई गर्दै बिद्यार्थीले तालबन्दी गरेपछि शंकरदेव क्याम्पसका चार हजार बिद्यार्थी दुई घण्टा थुनिएपछि मुक्त भएका छन् ।

उनीहरु कक्षाकोठामा थुनिएका थिए । बिद्यार्थीले बाहिरबाट गेटमा ताला लगाएपछि उनीहरु भित्रै थुनिएका हुन् । प्रहरीले उनीहरुलाई बाहिर निकालेको हो ।

स्ववियु सभापति समेत रहेका बस्नेतलाई एक साताअघि प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । अनुसन्धानका लागि भन्दै प्रहरीले म्याद थपेपछि उनका समर्थकले क्याम्पसमा तालाबन्दी, नाराजुलुश र चक्काजाम गर्दै आएका छन् ।

शंकरदेव, त्रिचन्द्रलगायतका क्याम्पसमा केही दिनदेखि बस्नेत पक्राउको बिरोधमा झडप हुँदै आएको छ । तर नेविसंघका अध्यक्ष रञ्जित कर्णले सुनियोजित तवरले बस्नेतालाई पक्राउ गरेको बताए ।

कर्णले भने ‘ प्रहरीले गलत नियतले पक्राउ गरेको छ , रमेश खरेल बर्दीवाला गुण्डाको रुपमा देखिएका छन् । ’ यसबारे आइतवार पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी गराउने उनले बताए । बस्नेतले आफुले लाइसेन्सवाला हतियार लिएको दावी गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us