एमाओवादी जिल्ला संयोजकहरुको भेला सम्पन्न

काठमाण्डु टुडे २०७० फागुन २४ गते ८:२१ मा प्रकाशित

maoist-flagकाठमाण्डु, २४ फागुन – एमाओवादी राज्य तथा जिल्ला संयोजकहरुको भेला सम्पन्न भएको छ ।

राजधानीमा शुक्रबार र शनिबार चलेको भेला त्यसक्रममा आएका लिखित र मौखिक सुझावअनुसार केन्द्रीय संगठन विभागले आवश्यक निर्देश गर्ने निर्णयका साथ सम्पन्न भएको हो ।

साथै भेलाले जिल्लास्तरबाट आएको सुझावका आधारमा अघि बढ्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बोल्ने नेताहरुले पार्टी सदस्यता नविकरणको समय थप्नु पर्ने माग गरेका थिए । यस्तै केहीले आगामी वैशाख १८ गते हुने सम्मेलनका लागि प्रतिनिधिहरुको संख्या ठोस गर्नुपर्ने मागसमेत गरेका थिए ।

सो अवसरमा विधान संसोधनका विषयमा भने कुरा नभएको एमाओवादी ओखलढुंगाका संयोजक बाबुराम गौतमले जानकारी दिए । दुई दिने कार्यशालाको अध्यक्षता एमाओवादी नेता पोष्टबहादुर बोगटीले गरेका थिए ।

यसअघि शुक्रबार भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत सम्बोधन गरेका थिए ।

संगठनात्मक सम्मेलनका लागि पार्टी संगठन विभागले बनाएको कार्यबिधिका विषयमा जिल्ला तहमा एकरुपता ल्याउन दुई दिने भेला बोलाइएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us