बैतडी, २३ माघ– रोजगारीका लागि भारत गएका युवाले संकलन गरेको रकमबाट खरिद गरिएको बैतडीको मल्लादेही ३ मा रहेको केदार मन्दिरको सोलार चोरी भएको छ ।
केही महिनाअघि भारतमा काम गर्ने युवाले रकम संकलन गरेर ३० हजार रुपैयाँ बराबरको सोलार मन्दिरमा जडान गरिएकामा उक्त सोलार चोरी भएको स्थानीयवासीले बताएका छन् ।
सो मन्दिरमा मध्यराति १२ बजे दमाहा बाजाका साथ पूजा गरिन्छ । रासस