हेटौँडा, २४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताएका छन् ।
अख्तियारको मध्यामाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा उद्घाटन गर्र्दै कार्कीले स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना र सार्वजनिक चासोका विषयमा स्थानीय प्रशासन र प्रहरीले नियमित अनुगमन गर्नुपर्ने बताए ।
आठ जिल्लामा नाम मात्रका झोले विद्यालय सञ्चालन भइरहेको जनगुनासो बढेकाले आयोगले अनुसन्धान टोली खटाएर अनुसन्धान अघि बढाएको जानकारी दिए ।
प्रमुख आयुक्त कार्कीले निजी क्षेत्र र सरकारी क्षेत्रबाट सञ्चालित विभिन्न विकास आयोजनामा अनियमितता गरिएको पाइए त्यस्ता राष्ट्रसेवक र राजनीतिज्ञमाथि कडा कारबाही गरिने चेतावनी दिए । रासस