
काठमाण्डु, २४ पुस – गृहमन्त्री माधव घिमिरेले जतिसक्दो छिटो नयाँ सरकार गठन गर्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन् ।
काँग्रेस सभापति सुशील कोइरालालाई बुधबार बिहान भेटेर घिमिरेले सबै दललाई समेटेर छिटो सरकार बनाउन आग्रह गरेका हुन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा घिमिरेले सरकार गठनको तयारी र दलहरुबीच भैरहेको सहमतिको प्रयासबारे पनि जानकारी लिएको बताइएको छ ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले जतिसक्दो चाँडो सरकार बनोस् र संविधान लेखन कार्य शुरु होस् भन्ने आफूहरुले चाहेको बताए । निर्वाचन सम्पन्न गर्ने सरकारको उद्देश्य पूरा भएकाले आफूहरु सरकार छाड्न आतुर रहेको उनको भनाई छ ।