काँग्रेस आन्तरिक छलफलमा

काठमाण्डु टुडे २०७० पुष २४ गते ९:०९ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, २४ पुस – नेपाली काँग्रेसले संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार चयन लगायत विषयमा देखिएको विवाद समाधानको प्रयास थालेको छ ।

विवाद समाधानको प्रयासमा सभापति सुशील कोइराला, बरिष्ठ नेता शेर बहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच बुधबार छलफल हुन लागेको हो ।

प्रवक्ता दिलेन्द्र प्रसाद बडुले समय निश्चित नभए पनि बुधबार साँझसम्ममा शीर्ष नेताहरुबीच छलफल हुने जानकारी दिए ।

काँग्रेस सभापति कोइराला निवास महाराजगन्जमा बैठक बस्ने उनको भनाई छ । कोइराला, देउवा र पौडेल तीनै जना आकांक्षीले संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने चाहना राख्दै आएका छन् ।

देउवाले कोइराला सभापति बन्ने भए आफूलाई कार्यबाहक सभापति दिईनुपर्ने माग राखेका छन् । पौडेलले कोइराला प्रधानमन्त्री बनेको अवस्थामा कार्यबाहकको जिम्मेवारी स्वतः आफूले पाउनुपर्ने दावी गरेको स्रोतको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us