
कञ्चनपुर, २३ पुस– सदरमुकाम महेन्द्रनगरमा रहेको बरुण होटेलबाट मंगलबार कमलरीका रुपमा कार्यरत एक १२ वर्षीया बालिकाको उद्दार गरिएको छ ।
कमलरीको क्षेत्रमा क्रियाशील संस्था एनएनएसडब्लुएको पहलमा दैजीकी रविना रानाको उद्दार गरिएको हो । उद्धार गरिएकी बालिका सात महिनादेखि होटेल सञ्चालकको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेकी थिइन् ।
कञ्चनपुरमा अझै ६० जना बालिका कमलरीका रुपमा कार्यरत रहेका छन् । रासस