
भक्तपुर, २३ पुस–भक्तपुरमा मंगलबार विहान दुईवटा यात्रु बस ठोक्किदा ३० जना यात्रु घाइते भएका छन् । बा २ ख ६८१० र ना २ ख १५६७ नम्बरका बस भक्तपुरको पलासेमा ठोक्किएका हुन् ।
प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका छन् । घाइतेहरुलाई उपचारको जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।