
नेपालगन्ज, २३ पुस–बाँकेको शम्शेरगन्ज र हवल्दारपुर गाविसका जनताले आर्थिक सङ्कलन र श्रमदान गरी बनाएको अस्थायी प्रहरी चौकीको भवन जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् ।
शम्शेरगन्ज गाविस–७ मा निर्माण गरिएको चार कोठाको प्रहरी चौकी भवनको कुल खर्च तीन कठ्ठा जग्गासहित ४८ लाख रुपैयाँ छ ।
प्रहरी चौकी भवन निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर हमालले जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतलाई सोमबार भवन हस्तान्तरण गरेका हुन् ।
सो अस्थायी प्रहरी चौकीलाई स्थायी चौकीमा रुपान्तरण गर्ने प्रक्रिया चाँडै थालिने जनाइएको छ ।