अञ्चल अस्पतालमा अख्तियारको छापा

काठमाण्डु टुडे २०७० पुष २३ गते २:१८ मा प्रकाशित

धनगढी, २३ पुस–सेती अञ्चल अस्पताल धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

कार्यालयका प्रमुख शिवराज कोइराला नेतृत्वको टोलीले अञ्चल अस्पतालमा भएको अनियमितताका विषयमा परेको लिखित उजुरीका आधारमा सोमबार छापा मारी कागजपत्र नियन्त्रणमा लिएको हो ।

कोइरालाले अस्पतालको भवन रङरोगन गर्दा अनियमितता भएको र आवश्कताभन्दा बढी कर्मचारी प्रक्रिया नपु¥याई भर्ना गरिएको उजुरी परेकाले अनुसन्धानका लागि फाइल नियन्त्रणमा लिइएको जानकारी दिए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. गणेशवहादुर सिंहले भने अनियमितता भएको भन्ने भनाइ गलत भएको जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us