
धनकुटा, २१ पुस– आफ्नै साथीले दुम्सी भनेर हानेको गोली लागेर धनकुटा बसन्तटार ४ का २४ वर्षीय आइतराज लिम्बूको शनिबार भएको छ ।
बसन्तटार १ मा रहेको जंगलमा सिकार खेल्न गएका बेला उनकै छिमेकी सुरेन्द्र लिम्बूले गरेको भरुवा बन्दुक प्रहारबाट आइतराजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गोली प्रहार गर्ने सुरेन्द्रलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । रासस