
तानसेन, २१ पुस– स्वास्थ्य चौकी दुई वर्षदेखि अनमीको भरमा चल्दा बिरामी मर्कामा परेका छन् । पाल्पाका जुठापौवा गाविसमा रहेको स्वास्थ्य चौकी अहेवविहीन बनेपछि बिरामी उपचारका लागि सदरमुकाम आउन बाध्य बनेका हुन् ।
अहेव नहुँदा बिरामीको स्वास्थ्य जाँच गर्नसमेत कठिनाइ भएको अनमी बिमला पौडेलले बताइन् । स्वास्थ्य चौकीमा दैनिक १२ जना बिरामी आउने गरेका छन् तर, उनीहरू उपचारका अभावमा अन्य स्वास्थ्य चौकी धाउन बाध्य छन् ।
अनमी पौडेलसहित एक जना कार्यालय सहयोगी र भ्याक्सिनेटर गरी तीन जनाले संस्था स्वास्थ्य संस्था चलाइआएका छन् । जुठापौवा, सत्यवती र बल्ढेङगढी गाविसबाट समेत स्वास्थ्य जाँचका लागि सर्वसाधारण आउने गर्दछन् ।
करिब ४० हजार जनसङ्ख्या रहेको यो गाविसको स्वास्थ्य अवस्था नाजुक हँुदा पनि सम्बधित निकाय मौन बसेको स्थानीयवासी गीता सारुको गुनासो छ । रासस