
काठमाण्डु, २१ पुस – भारतीय कांग्रेस आईका विदेश विभाग प्रमुख डा करण सिंहले नेपालमा कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नु पर्ने बताएका छन ।
उनले नेपालमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नु पर्ने आवश्यकता भए पनि त्यसले समय लिने भएकोले एमाओवादी र मधेसवादी दलहरुसँगको छलफलको आधारमा कांग्रेस र एमालेले मिलेर तत्काल सरकार बनाउनु पर्नेमा जोड दिए ।
रिपोर्टर्स क्लबसँगको कुराकानीमा उनले नेपालमा १ वर्षभित्र लोकतान्त्रिक संविधान लेखेर विकास निर्माणको मार्गचित्रमा अघि बढाउनुपर्ने बताए ।
भारत र कांग्रेस आई नेपालमा राजनीतिक स्थायीत्व र विकाससहित सबै आवश्यकतामा सहयोग गर्न तयार रहेको भन्दै सिंहले आफू निकट भविष्यमा नेपाल भ्रमणमा आउने जानकारी दिए ।
उनले नेपालमा सहमतिमा सरकार र संविधान बन्नु पर्ने भन्दै नेपालको राजनीतिक गतिरोधको अन्त्यको लागि यो नै उत्तम विधि भएको बताए ।