
काठमाण्डु, २१ पुस–राष्ट्रपति रामवरण यादवले राजनीतिक परामर्श जारी राखेका छन् । उनले आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिको कार्यालय शितल निवासमा भएको भेटमा संविधानसभाको बैठक आह्वान गर्नेबारे छलफल भएको नेमकिपा अध्यक्ष विजुक्छेले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपतिले अन्तराष्ट्रिय प्रचलन अनुसार अन्तरिम संविधानमा भएको व्यवस्था बाझिएकाले त्यसलाई सच्याउनु पर्ने बताएका थिए ।
अन्तरिम संविधानमा प्रधानमन्त्रीले बैठक आह्वान गर्नुपर्ने उल्लेख छ ।
राष्ट्रपति यादव बाधा अड्काउ फुकाउमार्फत् संविधान संसोधन गर्नुपर्ने पक्षमा छन् । उनले यसबारे नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी सहित मधेसवादी दलका शीर्ष नेताहरुसंँग ध्यानाकर्षण गराएका छन् ।
तर सो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआउन्जेलसम्म कुनै निर्णयमा पुग्न नसकिने निष्कर्षमा नेताहरु पुगेका छन् ।