
काठमाण्डु, २१ पुस–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समयावधी फेरि बढाएको छ । प्राधिकरणले आइतबारदेखि लागू हुने गरी सातामा ८० घण्टा विद्युत कटौती गरेको हो ।
प्राधिकरणको नयाँ लोडसेडिङ तालिका अनुसार आइतबारदेखि दैनिक सरदर १२ घण्टासम्म बत्ति जानेछ । यसअघि दैनिक ९ घण्टासम्म लोडसेडिङ हुदै आएको थियो ।
सुक्खायाम शुरु भएको, पानीको स्रोत घटेर विद्युत कम उत्पादन भएको र जाडोमा अत्यधिक विद्युत खपत हुने गरेकाले बाध्य भएर लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।