
काठमाण्डु, २० पुस– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शैक्षिक क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
कपनमा भएको कार्यक्रममा नेपालले विद्यालयलाई शान्ति र राजनीतिरहित क्षेत्रमा रुपान्तरण गर्न अन्य दलका नेताहरूसँग परामर्श गर्ने बताए ।
शैक्षिक प्रतिष्ठानलाई राजनीतिबाट मुक्त पार्न सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने उनको भनाइ थियो ।
उनले अब बन्ने संविधानसभाले एक वर्षभित्र नयाँ संविधान जारी गर्ने बताए ।
रासस