तलब बढाउन माग गर्दै विद्यालय बन्द

काठमाण्डु टुडे २०७० पुष १९ गते २:१९ मा प्रकाशित

chitwan mapचितवन, १९ पुस–सरकारी सेवा सुविधा सरह तलब बृद्धिको माग गर्दै नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन (नेपाल ईष्टु) चितवनले शुक्रबारदेखि चितवनका सबै संस्थागत विद्यालयहरु अनिश्चितकालीन बन्द आह्वान गरेको छ । विगतमा प्याब्सनसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै ईष्टुले विद्यालय बन्द आह्वान गरेको हो ।

ईष्टुको आहवानसँगै चितवनका १५९ विद्यालयका झण्डै ७ हजार विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ । बन्दले संस्थागत विद्यालयमा जारी आन्तरिक परिक्षा समेत अन्यौलमा परेको छ ।

ईष्टु चितवनका अध्यक्ष विष्णु बहादुर भुजेलले आफूहरुसँग भएको सम्झौता कार्यान्वयन गर्नका लागि दवाव दिने उद्देश्यले बाध्य भएर विद्यालय बन्द जस्तो अप्रीय निर्णय लिनुपरेको बताए ।

आन्दोलनरत शिक्षकहरुले १८ प्रतिशत तलब बृद्धि तथा एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् ।

शिक्षकहरु जस्तो बौद्धिक जमातले विद्यालय बन्द गराएको भन्दै सरोकारवालाहरु भने असन्तुष्ट छन् । उनीहरुले बन्द फिर्ता लिएर समस्याको समाधान खोज्न आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us