
म्याग्दी, १४ पुस – अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले आफूहरू निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् ।
म्याग्दी उद्योग वाणिज्य संघले बेनीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री कोइरालाले वर्तमान सरकारले संविधानसभा निर्वाचन सम्पन्न गराउने प्रमुख जिम्मेवारी पूरा गरिसकेकाले नयाँ निर्वाचित सरकारको प्रतीक्षामा रहेको बताए ।
सबै क्षेत्रको सहयोगका कारण संविधानसभा निर्वाचन सम्पन्न भएको उनको भनाई छ ।
सरकारले ठूला जलविद्युत् आयोजना निर्माणका कारण पूर्वाधार विकास तथा प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिएको पनि मन्त्री कोइरालाले जानकारी दिए ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले दर्ता नभई कारोबार गरिरहेका, दर्ता भएर पनि नियमित विवरण नबुझाएका व्यवसायलाई करको दायरामा ल्याउन पुस मसान्तसम्मका लागि गरेको ‘मिसम्याच’को व्यवस्था तीन महिना थप गर्न माग गरेका थियो ।
जवाफमा अर्थमन्त्री कोइरालाले आर्थिक अध्यादेश संशोधन गर्न नसकिने भन्दै समयमै व्यवसायको विवरण बुझाई करको दायरामा आउन व्यवसायीलाई आग्रह गरे ।